

The Literary Journalist Association (Sahityik Patrakar Sangh) organized a congratulatory and felicitation program today in honor of Nirmala Sharma, the newly elected President of the Nepal Journalist Federation. The event was held at Tapas Hotel, Battisputali, Kathmandu. During the program, the chief guest, former minister Honorable Pashupati Shumsher Jabara, and the president of the Literary Journalist Association, Radheshyam Lekali, presented a certificate of honor to President Sharma.
The program also witnessed the presence of SS Foundation representatives, where its Chairperson and veteran artist Madan Das Shrestha, along with the chief patron, lyricist, and social worker Shobhit Upreti, extended their felicitations and presented a congratulatory letter to President Sharma.
Prominent personalities, including Hon. Pashupati Shumsher Jabara, President Radheshyam Lekali, Nirmala Sharma, SS Foundation Chairperson Madan Das Shrestha, and journalist Manuka Kunwar, addressed the gathering. The program was expertly coordinated by journalist Gokarna Bhandari and attended by journalists, literary figures, musicians, and representatives from various organizations, highlighting its inclusivity and cultural significance.
This event symbolized a blend of literary, journalistic, and social harmony, reflecting the collective dedication to promoting intellectual and cultural achievements in Nepal.
साहित्यिक पत्रकार संघले आज नेपाल पत्रकार महासंघकी नवनिर्वाचित अध्यक्ष निर्मला शर्मालाई बधाई तथा सम्मान समर्पण कार्यक्रमको आयोजना गर्यो। कार्यक्रम काठमाडौंको बत्तिसपुतलीस्थित तपस होटलमा सम्पन्न भएको थियो। प्रमुख अतिथि पूर्व मन्त्री माननीय पशुपति शमशेर जबरा र साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले अध्यक्ष शर्मालाई सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नु भएको थियो।
सोही कार्यक्रममा एसएस फाउन्डेसनका अध्यक्ष वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र प्रमुख संरक्षक गीतकार तथा समाजसेवी शोभित उप्रेतीले अध्यक्ष शर्मालाई बधाईपत्रसहित सम्मान गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि माननीय पशुपति शमशेर जबरा, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल पत्रकार महासंघकी नवनिर्वाचित अध्यक्ष निर्मला शर्मा, एसएस फाउन्डेसनका अध्यक्ष मदनदास श्रेष्ठ, र पत्रकार मनुका कुँवरले आआफ्नो मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सहजीकरण पत्रकार गोकर्ण भण्डारीले गर्नुभएको थियो।
कार्यक्रममा पत्रकार, साहित्यकार, सङ्गीतकार, र विभिन्न संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस अवसरले साहित्य, पत्रकारिता, र सामाजिक योगदानको अभिन्न समिश्रण प्रस्तुत गर्दै नेपाली समाजको बौद्धिक र सांस्कृतिक उपलब्धिको प्रतीकात्मक झलक दिएको छ।