एस.एस. फाउन्डेसनले शिक्षामा पहुँचलाई प्रोत्साहित गर्ने उद्देश्यले श्री जल्पादेवी आधारभूत विद्यालय, बैतेश्वर–६, मेघेचौरमा अध्ययनरत विद्यार्थीहरूलाई झोला वितरण गरेको छ।
स्थानीय तहमा शिक्षाको सुदृढीकरणका लागि गरिएको यो सानो प्रयासले विद्यार्थीहरूको शैक्षिक यात्रामा थप प्रेरणा र सहयोग पुग्ने विश्वास लिएको छ। एस.एस. फाउन्डेसन आगामी दिनहरूमा पनि यस्ता सकारात्मक र सशक्त पहलहरूमा निरन्तर सक्रिय रहने दृढ प्रतिबद्धता व्यक्त गर्दछ।



