



शैक्षिक सामाग्री वितरण कार्यक्रम
SS Foundation द्वारा दोलखाको वैतेश्वर, वुस्तीमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक झोला वितरण गरिएको छ। ग्रामिण क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक सहायतामा पहुँच पुर्याउने उद्देश्यका साथ, यस कार्यक्रमले उनीहरूको शैक्षिक यात्रा थप सहज र प्रभावकारी बनाउन मद्दत पुर्याउनेछ।
हामी विश्वास गर्छौं कि शिक्षा नै उज्ज्वल भविष्यको आधार हो, र विद्यार्थीहरूको अध्ययनमा सहयोग पुर्याउन शैक्षिक झोला वितरण हाम्रो सानो तर महत्त्वपूर्ण प्रयास हो। SS Foundation ले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू जारी राख्ने प्रतिवद्धता व्यक्त गर्दछ।